नेशनल मेडिकल कलेज र बीरगंज महानगरपालिका का १३ वटा वडाहरू बीच सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ जेष्ठ । पर्सा जिल्लाको भेडीयाही स्थित रहेको नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका १३ वटै वडाहरु बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

बुधबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अनसरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यस प्रकार रहेको छ । ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यसका साथै नेशनल मेडिकल कलेजले १३ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन/तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ ।

आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए ।

सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै वडा अध्यक्षहरुले आजको दिनलाई एतिहासिक दिनको रूपमा मानेका छन् । उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे ।

साथै अस्पतालका निर्देशक डाक्टर ईसरत जहान अन्सारीले आजको दिन हामी सबैको लागि एतिहासिक दिन रहेको बताए । उनले अब सहर देखि गाउँसम्मका जन्ताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर केएन सिंह र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

हुन त बीरगंज महानगरपालिका मा ३२ वटा वडा रहेतापनि यस कार्यक्रममा आफ्नो वडावासीहरु प्रति जिम्मेवार मात्र १३ वडा का अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 1 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 16 views
    आजको राशिफल
    • June 2, 2026
    • 41 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 45 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 46 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 52 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ