विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

विश्व बैंकको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालन भइरहेका विभिन्न सडक स्तरोन्नति आयोजनाको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि विश्व बैंक र परियोजना समन्वय इकाइ (पीसीओ)को टोलीले आयोजना प्रगति, निर्माण अवस्था तथा स्थानीय समस्याबारे छलफल गरेको हो ।

अनुगमनमा तालचोक–बेगनास सडक, शिशुवा–शिसाघाट सडक तथा दोबिल्ला–बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुडिँटार–झिगटे–तगारेगौडा–तल्लोगगनगौडा सडक स्तरोन्नति आयोजनाको अवस्था अवलोकन गरिएको थियो ।

टोलीका अनुसार तालचोक–बेगनास सडक स्तरोन्नतिको अधिकांश काम अन्तिम चरणमा पुगेको छ। शिशुवा–शिसाघाट सडकखण्डअन्तर्गत खुदीखोलासम्मको निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ। यस्तै, दोबिल्ला–बाघमारा हुँदै तल्लोगगनगौडासम्मको सडक स्तरोन्नति कार्यको प्रगति सन्तोषजनक रहेको मूल्याङ्कन गरिएको छ ।

अनुगमनका क्रममा नगर प्रमुख धनराज आचार्यले आयोजनाहरू यथाशीघ्र सम्पन्न गर्न महानगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिए । उनले स्थानीय समस्या समाधान गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको बताए ।

छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका उपनिर्देशक सविन कर्माचार्य, विश्व बैंकका प्रतिनिधि रेखा श्रीस, अमेन राज, वसन्त पौडेल, पीसीओका विनोद पन्त, परियोजनाका प्राविधिक टोली तथा सम्बन्धित इन्जिनियरहरूको सहभागिता रहेको थियो।

  • Related Posts

    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

    नेप्सेमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ३२ सयले बढेर तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भइरहेको…

    पहिलो

    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    • February 23, 2026
    • 21 views
    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    • February 23, 2026
    • 24 views
    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    • February 23, 2026
    • 20 views
    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    • February 23, 2026
    • 31 views
    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    • February 23, 2026
    • 57 views
    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

    • February 23, 2026
    • 23 views
    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार