चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोलटोलमा सुरक्षा समिति बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । 

झापाको दमकमा नेशनल भोलेन्टियर फोर्स प्रदेश स्तरीय घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले स्थानीय पार्टीले हस्तक्षेप नगरी नेशनल भोलेन्टियर फोर्सलाई संचालन गर्न निर्देशन दिदै टोल टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिएका हुन् । 

ओलीले देशमा उपद्र हुन नदिन नेशनल भोलेन्टियर फोर्स बनाएको बताउदै यसले देशको सुरक्षा गर्ने बताए । उनले यो पनि मात्र बाड्ने फोर्स नभएको बताउदै अब प्रहरीको साथमा नेशनल भोलेन्टियर फोर्स रहेको बताए । उनले चुनावका हरेक बुथमा ३० जना भोलेन्टियर राख्न समेत निर्देशन दिएका छन् । 

सम्बोधनका क्रममा ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै बच्चाबच्चीले के भन्छौं भन्दा प्रधानमन्त्री बन्छु भने जस्तो गरेर प्रधानमन्त्रीको उम्मेदवार बनेको टिप्पणी गरेका छन् । उनले भने- ‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर उ बन्ने होइन नि । त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई । भनिदिए ।’

देश विकासको जिम्मा एमालेले लिने बताउदै आफुले सरकार छोडेपछि देशको विकास ठप्प भएको बताएका छन् । उनले भने- ‘देशमा जहाँ उभिएर हेरेपनि एमालेले गरेको विकास देखिन्छ । किसानका लागि, मजदुरका लागि, कर्मचारीका लागि, उद्यमी-व्यापारीका लागि, बालबालिका, युवाका लागि कसका लागि एमालेले कम गरेको छैन ? जेष्ठ नागरिक भत्तादेखि अनाथ र अपांगता भएकाहरुका लागि सामाजिक सुरक्षा भत्ता दिएका छौं ।’

ओलीले एमालेको सन्दर्भमा प्रश्न उठाउने ठाउ नभएको भन्दै एमाले बाहेक अन्य कसैले देश विकास गरेको कुरा उठाउन नसक्ने दाबि गरे ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 61 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 22 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 37 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 29 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 28 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 32 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची