वैवाहिक बन्धनमा बाँधिए सेलेना र बेनी

काठमाडौँ । हलिवुडकी अभिनेत्री तथा गायिका सेलेना गोमेजले प्रेमी बेनी ब्लान्कोसँग विवाह गरेकी छन् । दुई वर्ष सँगै बिताएपछि, ३३ वर्षीया सेलेना र ३७ वर्षीया गीतकार बेनी ब्लान्को विवाहिक बन्धनमा बाँधिएका हुन् ।

सेलेना गोमेजले २०२३ को अन्त्यमा आफु गीतकार र संगीतकार बेनी ब्लान्कोसँग सम्बन्धमा रहेको बताएकी थिइन् । डिसेम्बर २०२४ मा उनीहरूको इन्गेजमेन्ट भएको थियो । त्यसबेलादेखि, उनीहरू धेरै पटकसँगै देखिएका थिए भने सामाजिक सञ्जालमा धेरै तस्बिरहरू साझा गरेका थिए ।

सेलेना गोमेजले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो विवाहका धेरै तस्बिरहरू र भिडियोहरू सेयर गरेकी छिन् ।  आफ्नो विवाहका तस्बिरहरू सेयर गर्दै, सेलेना गोमेजले विवाहको मिति क्याप्शनमा लेखेकी छन्- ‘९.२७.२५’ त्यस्तै बेनी ब्लान्कोले पोस्टमा टिप्पणी गर्दै लेखेका छन्- ‘वास्तविक जीवनमा मेरी श्रीमती’

आफ्नो विवाह अघि, सेलेना गोमेजले मेक्सिकोमा आफ्नो ब्याचलरेट पार्टी मनाएकी थिइन् भने ब्लान्कोले लास भेगासमा आफ्नो ब्याचलरेट पार्टी मनाएकी थिए । गायिका र उनका साथीहरू अगस्ट २३ मा एक लक्जरी याटमा नाच्दै, हाँस्दै र घाम ताप्दै गरेको देखिएका थिए । ब्लान्कोले सिन सिटीमा आफ्नो ब्याचलरेट पार्टीका केही झलकहरू साझा गरेका थिए ।

सेलेनाका पति, बेनी ब्लान्को, एक अमेरिकी गीतकार, रेकर्ड निर्माता र संगीतकार हुन् । मार्च ८, १९८८ मा भर्जिनियामा जन्मेका बेनीले एड शीरन, जस्टिन बीबर, खालिद, हेल्सी, केटी पेरी र रिहाना जस्ता कलाकारहरूसँग काम गरिसकेका छन् । बेनी आफ्नो उत्कृष्ट गीत लेखन र निर्माण कौशलका लागि परिचित छन् । लेखन र निर्माणको अतिरिक्त, उनले धेरै एकल संगीत रिलिजहरू जारी गरेका छन् ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 29 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन