आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण शुरु, उपचार गर्न देशभरका १६ जेनजी क्लिनिक

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित देशभरका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र वितरण गरी क्लिनिक शुभारम्भ गरेका हुन् । आजैदेखि परिचयपत्र वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गरिएको हो । 

काठमाडौं उपत्यकामा वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा जेन-जी क्लिनिक स्थापना गरिएको छ । त्यसैगरी कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल, मधेशमा नारायणी अस्पताल र गजेन्द्रनारायण अस्पताल र बागमतीमा भरतपुर अस्पतालमा क्लिनिक स्थापना गरिएको छ । त्यस्तै गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

मन्त्रालयले घाइते भएका व्यक्तिलाई उपचारमा सहजीकरण गर्न सम्पर्क व्यक्ति र फोन नम्बरसमेत सार्वजनिक गरेको छ । जसमा गृह मन्त्रालयकी उपसचिव सुप्रभा ढुंगेल (९८४१६०८३०५) र स्वास्थ्य मन्त्रालयका भक्त केसी (९८६८८२०२३४) लाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयले जनाएको छ ।

साथै घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन हुने मन्त्रालयले जनाएको छ । त्यस्तै फलो-अपमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालको सहजीकरणमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 1 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 11 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 19 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 33 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 26 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार