बीरगंज, २४ फागुन । पर्सा जिल्लाको ४६ वर्षीया महिलालाई निजकै श्रीमान र कान्छी श्रीमतीले अन्य ३ जना व्यक्ति बोलाई फागुन ०९ गते राति करिब.०९;०० बजेको समयमा आफ्नै घरको कोठामा बन्धक बनाई कुटपीट गरी पीडितको गुप्ताङ्गमा लठ्ठी पसाई गम्भीर घाइते बनाएको घटनामा पश्चात् फरार रहेका मध्ये दुई आरोपित पर्सा को धोबिनी गाउँ पालिका वडा नं. ०५ बस्ने बर्ष ५१ को महादेव भन्ने शेराजुल मियाँ र सोही ठाउँ बस्ने बर्ष ५० कि जोहरा खातुन लाई मंगलबार विहान ०३;०० बजे पर्सा कै धोबिनी गाउँपालिका वडा नं.५ बाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कुरा पर्सा प्रहरीले जनाएको छ । साथै घटना पश्चात् तत्काल भारततर्फ फरार रहेका पीडितको पति, निजकै कान्छी श्रीमती र अन्य १ जना व्यक्तिको तदारूकताका साथ खोजतलास भइरहेको समेत जानकारी गराएका छन् ।