सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले ब्वाइज युनियनलाई १–० ले हराएको हो। समय सकिन पाँच मिनेट बाँकी रहेको अवस्थामा अमित लामाले गोल गर्दै श्री भगवतीलाई जित दिलाए।

शनिबार भएका बाँसबारी क्लब र तुषाल युथ क्लब तथा वीरगन्ज युनाइटेड र नयाँबस्ती युथ क्लबबीच भएका अन्य दुई खेल भने बराबरीमा सकिएका छन्।