संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण

कर्णाली, २३ असार : कर्णाली प्रदेशका सञ्चारकर्मीलाई संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज, सुर्खेतको समन्वयमा क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्रालयका सचिव रविलाल शर्माले उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ पत्रकारिता आवश्यक रहेको बताउनुभयो । “पत्रकारिता संवेदनशील क्षेत्रको हो”, उहाँले भन्नुभयो, “हरेक कुरामा पत्रकार संवेदनशील हुनुपर्दछ । यसका लागि अध्ययन आवश्यक छ ।”

प्रदेशसभा सञ्चालन नियमावली, कार्यविधि र ऐनका विषयमा सही तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै सचिव शर्माले नागरिकका आवाज सरकारसँग र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन पत्रकारको अहम् भूमिका रहने बताउनुभयो ।

प्रशिक्षक रामकृष्ण भण्डारीले संसदीय पत्रकारिताको इतिहास र विकासक्रमका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभयो । उहाँले संसद्मा पत्रकारको भूमिका कस्तो हुने भन्नेबारेमा पनि प्रष्ट्याउनुभयो । नेपालमा संसदीय पत्रकारिताको सुरुआत र त्यसले आजसम्म आइपुग्दा खेलेको भूमिकाका विषयमा उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभा सचिवालयका कानुन उपसचिव अर्जुन भुसालले प्रदेश तहको कानुन निर्माणको प्रक्रिया, प्रत्यायोजित अधिकार, विधेयकको प्रकार, सङ्घ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसमन्वय) ऐन, २०७७ र विधेयक तर्जुमका लागि १३बुँदे अवधारणापत्रबारे जानकारी दिनुभयो । उहाँले सरकारी तथा गैरसरकारी विधेयक, त्यसका प्रकृति, स्वरुप र विशेषताका बारेमा समेत अवगत गराउनुभएको थियो । प्रशिक्षणमा कर्णालीका ४१ सञ्चारकर्मीको सहभागिता छ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 19 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 22 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि