नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खङ्गाहाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अनुसन्धानका क्रममा खङ्गाहाले भारतीय शिक्षा बोर्ड नागाल्याण्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमाबाट जारी भएको भनिएको प्रवेशपत्र, अंकपत्र र बसाइँसराइ प्रमाणपत्रलगायतका नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ ।

उनले २०५९ मंसिर १ गतेदेखि भवानी माध्यमिक विद्यालय नवलपरासीमा अस्थायी प्राथमिक तह शिक्षकका रूपमा नियुक्ति लिएका थिए। त्यसपछि २०७५ चैत २९ गते सोही विद्यालयमा स्थायी प्राथमिक तह शिक्षक पदमा नियुक्ति पाएको आरोप छ ।

हाल उनी मणिसंगम माध्यमिक विद्यालय विनयी त्रिवेणी–२ मा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत रहेका छन् । नक्कली प्रमाणपत्रका आधारमा पद, सुविधा र लाभ लिएको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गरिएको छ ।

  • Related Posts

    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    महोत्तरी । महोत्तरीको एकडारा गॉऊपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका- १ बस्ने २३ बर्षिय साधुराम…

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    पहिलो

    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    • July 9, 2026
    • 70 views
    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    • July 9, 2026
    • 75 views
    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 75 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    • July 8, 2026
    • 89 views
    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    • July 6, 2026
    • 73 views
    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    • July 5, 2026
    • 118 views
    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-