गृहमन्त्रालयले रातिको कारोबार रातारात चलाउन दिने निर्णय गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाएको समयसीमा हटाएर २४ घण्टा चल्न दिएको हो । यो निर्णयसँगै अब होटल, रेष्टुरेन्ट, दोहोरी साँझ र लाउन्ज बार २४ सै घण्टा सञ्चालन हुनेछन् । यसअघि प्रहरी प्रशासनले राति १० बजेपछि चल्ने व्यापारमा रोक लगाएको थियो ।







