वीरगञ्ज, १५ फल्गुन । सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियन्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन । अभियान लाइ निरन्तरता दिदै सम्बन्घित निकायहरु माथी दबाव पार्ने उदेश्यका साथ यही आगामी फागुन २२ गते आइतवार र २३ गते सोमवार गरी लगातार दुई दिन घण्टाघरमा घर्ना वस्ने सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानका अभियनताहरुले आईतबार बसेको बैठकले निणर्य गरेको संयोजक तथा अधिवक्ता सुरेन्द्र कुर्मीले बताएका छन । सरीसवा नदी सबैको साँझा सम्पती रहेकोले सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियान सफल पार्न सम्पुर्ण नगरवासीको उपस्थितीका लागी अनुरोध पनि गरेका छन ।