
बीरगंज, ११ फागुन । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश बाट खटिएको स्क्वाड टोलीले मंगलबार दिउँसो करिब ०२:२० बजेको समयमा ३ किलो तैयारी चाँदीको गहना र नगद सहित एक भारतीय लाई आफ्नो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल का मधेश प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगर ले दिनु भएको जानकारी अनुसार उक्त दिन भारतको बिहार राज्य, जिल्ला मधुबनी थाना रामनगर ग्राम पंचायत आमाद-१२ बस्ने बर्ष ३८को रंजित राय लाई सिरहा जिल्लाको दुर्गा मन्दिर बाट सो परिमाणको गहना, भा. रु. २२ हजार २ सय, ने. रु. ५ सय १० तथा ९८२६७१९६६७ नम्बरको मोबाइल फोन १ थान समेत तैयारी चाँदीको रु. १ लाख ५० हजारको मूल्य राखी आवश्यक कारवाही को लागि लहान भन्सार कार्यालयमा बुझाइएको छ ।







