बीरगंज, १९ फागुन । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश को स्क्वाड टोली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, गोलागंज, बारा को संयुक्त टोलीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ०६ स्थित अम्मरपुर सिमा ईलाकामा नहर तर्फ आउँदै गरेको लु. ७८ प. २३९७ नम्बरको मोटरसाइकल लाई विशेष सूचनाको आधारमा चेक जाँच गर्दा धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका वडा नं. ०५ दिगम्बरपुर बस्ने बर्ष १९ को बिरेन्द्र महतो को साथ बाट नक्कली नेपाली नोट रु. १ हजारको ३ सय १ थान अर्थात् रु. ३ लाख १ हजार तथा सक्कली रु. १ हजार ५ सय २५ समेत ब्यक्ति र उल्लेखित नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई सशस्त्र बोर्डर आउट पोष्ट गोलागंज बारा मा ल्याई आवश्यक कारवाही को लागि नेपाल प्रहरीलाई बुझाईएको कुरा सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश का प्रमुख डीआईजी गणेश ठाडा मगर ले बताएका छन् ।