दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०७ फागुन । सशस्त्र प्रहरी बल, छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं. २ बाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम केवल राय को कमाण्डमा खटिएको ५ जनाको स्क्वाड टोलीले विशेष सूचनाको आधारमा आज सर्लाहीको कबिलासी-८ गौरमा मलंगवा बाट नवलपुर जाँदै गरेको बा. ०३ ख ७३३६ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा माथि खाने पानी को कार्टुन र जार भित्र लुकाएर ल्याएको चिनी १७ बोरा, निलो रेड बुल ८ कार्टुन, रातो रेड बुल ४ कार्टुन तथा ललिपप ५ बोरा अबैध रुपमा फेला परेकोले र चेकजाँच गर्ने क्रममा चालक फरार रहेकोमा ट्रक सहित उल्लेखित सामानहरू लाई रु. १६ लाख २१ हजार ७ सय ८० मूल्याङ्कन गरि आवश्यक कारवाही को लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको तथा चालकको खोजी कार्य भइरहेको कुरा सशस्त्र प्रहरी बल प्रदेश नं. २ का प्रमुख डीआईजी गणेश ठाडा मगर ले बताएका छन् ।सम्वाददाता दीपेन्द्र प्रजापति बिरजंग कालोझोला







