दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २० श्रावण । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले आईतबार बीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरु बाट गरि लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ ।

उक्त दिन त्यहाँ बाट खटी गएको टोलिले भारत बाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्बजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. १० लाख ६३ हजार ८ सय २३ बराबरको कपडा, किराना सामान, मोटरपार्टस, हार्डवयर/पलम्विङ्गको सामान र कस्मेटिक सामानहरु नियन्त्रणमा लिएको हुदाँ उक्त सामानहरु बरामद गरी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।











