बीरगंज, ११ फागुन । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश को स्क्वाड टोली को बिषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीको टोलीले बुधबार सर्लाहीको मलंगवा नगरपालिका वडा नं. १० गम्हरिया स्थित बाट मलंगवा देखि नवलपुर सडक खण्डमा ना. ८ ख १४१८ नम्बरको महिन्द्रा पिकअप गाडी मा फर्जी बीलमा चिनी १ सय बोरा, रेड बुल र माजा ५ कार्टुन तथा प्याज २० बोरा आफ्नो नियन्त्रणमा लिई रु. १७ लाख ५० हजार मूल्याङ्कन गरि आवश्यक कारवाही को लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको कुरा बाहिनीपति गणेश ठाडा मगर ले बताएका छन् ।