कर्जा, बचत र नाफामा मात्रै देश केन्द्रित भएको गुनासोका बीच गण्डकीमा स्थापित सहकारीले नमुना उत्पादनमूलक कार्यमा अग्रसर लिएका छन् । सहकारीले उत्पादनमा लगानी बढाउनुका साथै राज्यको उत्पादकत्व र रोजगारी प्रवर्द्धनमा पनि टेवा पु¥याइरहेको छ । गण्डकीमा २ हजार ७ सय सहकारी रहेका छन् । यीमध्ये थोरै सहकारीले बचत तथा ऋणको कारोबार नगरी उत्पादनलाई जनताको रोजगारी र आर्थिक विकाससँग जोडेका भए पनि पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले पनि कुल व्यवसायको केही हिस्सा उत्पादनमा लगानी गर्दै आएका छन् ।







