घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेलमा लिभरपुलका लागि मानेले पहिलो हाफमा गोल गरे । उनले २७औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको पासमा गरेको गोल नै जितमा निर्णायक बन्यो ।
यस जितपछि दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी घटाउँदै उपाधि होड कायम राखेको छ । यी दुई बीच अंक दूरी जम्मा ३ छ ।
२७ खेलबाट सिटी ६६ अंकसहित शीर्ष स्थानमा छ । उति नै खेलबाट लिभरपुलको ६३ अंक छ । वेष्टह्याम २८ खेलबाट ४५ अंकसहित पाँचौ स्थानमा छ ।







