सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव पारित गर्दै दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन २०८२ सम्पन्न भएको छ ।

प्सरमुख अतिथि भामुख देवराज घिमिरेले १३ जुनमा अर्थात् जेष्ठ ३० गते सम्मेलनको उद्घाटन गरेका थिए भने १४ जुन जेष्ठ ३१ गते मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले सम्मेलनको समापन गरेका थिए । समापन समारोहमा बोल्दै मेयर श्रेष्ठले सम्मेलनले मातृभाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

आयोजित कार्यक्रम नेवा पत्रकार राष्ट्रिय दबु का अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले सबै सरोकारवालाहरूलाई प्रस्तावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न आग्रह पनि गरेका छन् । उनले सार्क क्षेत्रका सबै सरकारहरूलाई मातृभाषा पत्रकार सम्मेलन आयोजना गर्न सहयोग गर्न पनि आह्वान गरेका छन् ।

कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरी, बंगलादेशको प्रतिनिधित्व गर्दै एसजेएफका महासचिव मोहम्मद अब्दुर रहमान, भारतबाट एसजेएफ बिहार च्याप्टरका अध्यक्ष डा. शशिभूषण कुमार सिंह, सम्मेलन संयोजक सुनिल महर्जन, एनएफएनजेका महासचिव के. के. मानन्धरले मातृभाषाको महत्व र यसको संरक्षणको अपरिहार्यताबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

घोषणापत्रमा सम्मेलनले जारी गरेको घोषणापत्र सार्क राष्ट्रका प्रमुखहरूलाई हस्तान्तरण गर्ने, मातृभाषा पत्रकारहरूको क्षमता अभिवृद्धि र मातृभाषा सञ्चार गृहहरूको प्रवर्द्धनका लागि सरकारबाट आवश्यक बजेटको माग गर्ने, सरोकारवालाहरू सँग नियमित छलफल गरेर मातृभाषा पत्रकारिताको बारेमा चेतना जगाउने जस्ता विषयहरू समावेश रहेका छन् ।

यसै गरि उक्त कार्यक्रममा नेपाल लगायत बंगलादेश, र भारतका विभिन्न प्रान्तमा गरि करिब एक सय जनाभन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो थियो भने सयौं पत्रकारहरु सम्मानित पनि भएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन