पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–४ जमुवाका २६ वर्षीय मन्तोषकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
सिरहाको कर्जन्हा नगर–७ प्रेमनगरका २३ वर्षीय अमर राउतले काठमाडाँै महानगरपालिका–२० जैसिदेबलकी २२ वर्षीया पूजा सिंहलाई फेसबुकमा प्रेममा पारेर मन्दिरमा विवाह गरेका थिए।
गाउँ आएपछि अर्को विवाह गर्नका लागि युवकले आफ्नो पहिलो श्रीमतीलाई हत्या गरेको घटनामा अनुसन्धानका क्रममा साहलाई सोमबार पक्राउ गरिएको हो। जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भइरहेको प्रवक्ताले जानकारी दिए।







