साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् ।

पछिल्लो २४ घण्टामा उपचारका लागि उल्लेखनीय साथ, विश्वास र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी हुन् । 

साम्बाले भनेकी छन्- ‘आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन ।  आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।’   

साम्बाले विभिन्न संघ-संस्था र व्यक्तित्वले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएकाले उपचार, आवास र यातायात खर्च पुग्ने देखिएको उनले बताइन् । कतारमा उपचारको तयारी भइरहेका बेला आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले पूर्ण मेहनतसाथ पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाइन् ।

चोटका कारण शारीरिक र मानसिक रूपमा कठिन समय गुजारे पनि समर्थकको मायाले पुनः उठ्ने साहस दिएको भन्दै साम्बाले अझ सशक्त रूपमा मैदानमा फर्कने अठोट दोहोर्‍याएकी छन् ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।  १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…

    नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

    नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । ‘फिफा सिरिज’ कार्यक्रम अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    • February 24, 2026
    • 18 views
    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    • February 24, 2026
    • 30 views
    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    • February 24, 2026
    • 21 views
    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    • February 24, 2026
    • 23 views
    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु