मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय निर्देशक समितिअन्तर्गतको प्राविधिक उपसमितिले ‘सिंहदरबार बफरजोन अतिसंवेदनशील क्षेत्रमा पाँचतलेभन्दा माथिका भवन निर्माण गर्न नपाइने’ गरी मापदण्डको मस्यौदा तयार गरेको हो ।
तयार मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । मापदण्ड कार्यान्वयनमा आए सिंहदरबारको बाउन्ड्री वालदेखि सय मिटर क्षेत्रमा पाँचतलेभन्दा अग्ला भवन निर्माणको स्वीकृति दिइनेछैन, ती भवनको अधिकतम उचाइ पनि तय गरिनेछ । उचाइबारे यकिन टुंगो लागिसकेको छैन ।







