मन्त्री खतिवडाले नेतृत्व गर्नुभएको टीममा उच्च सरकारी पदाधिकारी, चिकित्सक कलाकार तथा पत्रकार सम्मिलित थिए । त्यसैगरि अंगा प्रत्यारोपित तर्फबाट अंगप्रत्यारोपित झमक श्रेष्ठले नेतृत्व लिनुभएको मैत्रीपूर्ण फुटवल खेल ३ – ३ गोलको बराबरीमा टुंगियो ।

मैत्रिपूर्ण फुटबल प्रतियोगितामा मृगौंला प्रत्यारोपित समूह मन्त्री खतिवडाको समूहलाई हम्य हम्य पार्दै खेललाई निकै रोमाटिक र प्रतिस्पर्धात्मक बनाउने उदेश्यका साथ भिडेका थिए । निर्धारित ९० मिनेटको समयमा खेल निकै प्रतिस्पर्धामा देखिन्थ्यो । निर्धारित समयमा दुबै समूहले तीन तीन गोल गरि बराबरीमा टुंग्याए ।