हिलारी स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्नः

विष्णुप्रसाद तिमल्सिना ।

काठमाडौँ, मङ्सिर-२१ गते शुक्रबार । काठमाडौँ महानगरपालिका वडा नं.-७ गौरीघाट स्थित गौरीनगरमा अवस्थित हिलारी इङ्लिश हाईस्कुलले आफ्नै प्रांङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर बृहत रूपमा सम्पन्न गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामंङ्गलको प्राविधिक सहयोग तथा नवजागरुक युवा क्लब, गौरीनगर सुधार समितिको सह-संयोजन, लाइफलाइन हेल्थ होम केयर प्रा.लि. पुल्चोक ललितपुर र लियो क्लव अफ काठमाडौं टिचर्सले विशेष सहयोगी भूमिका निर्वाह गरेका थिए ।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, सामान्य शल्यक्रिया, आँखा परीक्षण तथा उपचार, नाक, कान, घाँटी, प्रसुति तथा स्त्री रोग, बाल रोग, छाला रोग, दन्त सेवा, भिडियो एक्स–रे र ल्याबटेष्टलगायतका सेवाहरू प्रदान गरिएको थियो ।

विद्यालयका विद्यार्थी– अभिभावक, स्थानीय समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको कुरा हिलारी इङ्लिश हाईस्कुलका प्रधानाध्यापक लालकुमार चाम्लिङ राईले बताउनुभयो ।

हिलारी इङ्लिश हाईस्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्माको सभापतित्व तथा बागमती प्रदेश सभासद् माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.-८ का महिला वडा सदस्य सरस्वती राजभण्डारी, काठमाडौँ महानगरपालिका वडा नं.-७ मैजुवहाल शहरी स्वाथ्य प्रवर्दन केन्द्र मेडिकल अधिकृत स्वास्थ्य प्रमुख सुभाशिनी कर्माचार्य, सामुदायिक सेवा समाज मैजुबहालका बरिष्ठ उपाध्यक्ष बिनु खत्रि क्षेत्री, नव जागरुक युवा क्लबका अध्यक्ष अमृत जंग थापा, गौरीनगर सुधार समितिका अध्यक्ष सूर्य बहादुर श्रेष्ठ, लाइफ लाइन हेल्थ होम केयर प्रा.लि.पूलचोक ललितपुरका निर्देशक समिर जोशीलगायतको आतिथ्यता रहेको उक्त स्वास्थ्य शिविरको संयोजन जीवनरेखा समाज ललितपुरका सदस्य श्री हरिभक्त महर्जनले गर्नु भएको थियो । उक्त शिविरबाट ४५३ जनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा सुविधाहरू लिएको कुरा संयोजक हरिभक्त महर्जनले बताउनुभयो ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 34 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 42 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 43 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 49 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 46 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 45 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन