गत वर्ष कोरोना महामारीका कारण आयोजना रद्द भएको थियो । प्रतियोगितामा आयोजक क्लबसहित आठ टोलीको सहभागिता रहने धरान फुटबल क्लबले जानकारी दिए । क्लबका अनुसार काठमाडौंमा भर्खरै सम्पन्न शहीद स्मारक लिगमा उत्कृष्ट तीन टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा भारतका दुई क्लब र मोफसलका दुई उत्कृष्ट क्लबको पनि सहभागिता रहने क्लबले जानकारी दिए ।







