स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।  मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो ।  यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ । 


यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय रहेका छन् ।