नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानियाँ र माल्दावा लगायतको देशमा पुगेका छन् ।

हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना र चार जना माल्दावा पुगेका समितिले जनाएको छ ।युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर लागेका हुन् । तीमध्ये करिब चार दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्क पुगेको संघका महासचिवले जनाकारी दिए ।