फागुन १० : बजारमा आजकल पहेँलो धातुको मूल्य आकाशिएको छ । बुधबार सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो जुन नेपाली बजारमा इतिहासकै उच्च हो । यसअघि नेपाली बजारमा अहिलेसम्मकै उच्च सुनको भाउ प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो जुन पछि घटेर ८८ हजार रुपैयाँमा झरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७३ सालमा प्रतितोला ५५ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ पछिल्ला दिनमा १ लाख नाघेको थियो । त्यस्तै, २०७४ मा प्रतितोला ५८ हजार, २०७५ मा ६३ हजार ३ सय र २०७६ मा ८२ हजार ७ सय रुपैयाँ मूल्य थियो । त्यसैगरी २०७७ मा भाउ प्रति तोला ९० हजार ९ सय पुगेको थियो । अर्थशास्त्रीहरूले सुनको मूल्य वृद्धिको श्रेय रुस-युक्रेन युद्धलाई दिएका छन् किनभने रुस सुनको भण्डारणको सन्दर्भमा तेस्रो ठूलो र पाँचौं ठूलो सुन उत्पादन गर्ने देश हो।