एम्बुलेन्स दुर्घटनामा मृत्यु/
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट एकजना स्वतन्त्र व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ की ३० वर्षीया निर्मला उरावन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।







