निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

चितवन, ६ साउनः चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई रु दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो । उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई रु एक करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई रु ३२ लाख ४४ हजार एक सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई रु दुई लाख ४५ हजार चार सय ६८ हस्तान्तरण गरिएको छ । उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए । यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो । गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि रु २४ लाख ९१ हजार सात सय १० राहत रकम प्रदान गरिएको छ । भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोवापत रु ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पु¥याएको उहाँले बताउनुभयो । घरगोठ क्षतिवापत रु पाँच लाख ३५ हजार नौ सय ७५ राहत वितरण गरिएको छ । अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र रु ३६ लाख नौ हजार तीन सय ७५ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताउनुभयो ।

  • Related Posts

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ वैशाख । प्रहरी चौकी ईनर्वाले सोमबार बिहान करिब ०८:२० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थितमा प्रतिबन्धित लागु औषध गाँजा सहित…

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 106 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 26 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 26 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 26 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 24 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 25 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल