जडेजा र आश्विनको उत्कृष्ट ब्याटिङमा भारत मजबुत

३ असोज, काठमाडौं । स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनको उत्कृष्ट ब्याटिङमा भारतले पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध मजबुत ब्याटिङ गरेको छ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ८० ओभरमा ३३९-६ को अवस्थामा छ ।

आश्विन ११२ बलमा १० चौका र २ छक्कासहित १०२ रनमा अविजित छन् । जडेजा ११७ बलमा १० चौका र २ छक्कासहित ८६ रनमा नट आउट छन् ।

एक समय १४४-६ को कमजोर अवस्थामा पुगेको भारतलाई आश्विन र जडेजाले सातौं विकेटका लागि १९५ रनको अविजित साझेदारी गर्दै मजबुत ब्याटिङको आधार तय पारेका हुन् ।

ओपनर यशस्वी जैसवाल ५६, रोहित शर्मा ६, शुभमन गिल डक, लोकेश राहुल १६ र विराट कोहली ६ रनमा आउट भए । बंगलादेशका हसम महमुदले ४, नहिद राना र मेहेदी हसन मिराजले १-१ विकेट लिए ।

भारत र बंगलादेशीच दुई टेस्ट र तीन टी२० आई खेलको सिरिज हुनेछ ।

  • Related Posts

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची इस्लामाबादबाट फर्किएका छन् ।  शुक्रबार राति इस्लामावाद पुगेका अराघची अमेरिकी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष भेट नगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख आसिम मुनीर तथा अन्य…

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    काठमाडौँ । विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ ।  आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी…

    पहिलो

    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    • April 26, 2026
    • 102 views
    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    • April 26, 2026
    • 80 views
    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 11 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 19 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 23 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 19 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते