कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका-९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन्।

“कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भनिन् “कुचो बेचेररसाटेर संकलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।” सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताइन्।बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन्।

“एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ”, उनले भनिन् । चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताइन्। एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उनको भनाइ छ । “काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउँछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ”, उनले भनिन् ।

सिरुको कुचो बजारमा पाइने कुचो भन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन्। “उमेर पनि गइसक्यो, अरु काम गर्न सकिँदैन”, उनले भनिन् “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।” काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिक स्तर सुधार गर्नुपर्नेमा उनले जोड दिइन्।

  • Related Posts

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति करिब ०९:५५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, लिंक रोड सडक…

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 83 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 13 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 130 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 38 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 39 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा