पूर्वानुमान वर्षाको असर: टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौँ । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढी पहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रूपमा आइसकेको छैन भने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब रु. २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

“एनटिसीको करिब रु. १५ करोड र एनसेलको करिब रु. सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरूबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरूको करिब रु. साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरूबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उनले बताए।

बाढी पहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा.पौड्यालको भनाइ छ ।

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरूलाई निर्देशन दिइसकेको आंकलन उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको उनले बताए ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    सुनचाँदीको मुल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 0 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 11 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 11 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 27 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 20 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 16 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का