राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।

महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।

यही असोज २७ देखि कात्तिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरु सुनिता बराल र निशा डाँगी छन् ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत छन् । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कात्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 22 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का