तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादशैंको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम देखिएको छ ।

काठमाडौँ महानगरपालिका-२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए । उक्त मन्दिर सोही वडामा पर्दछ । उनका अनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए । वडा अध्यक्ष राजभण्डारीले भने, ‘यसपटक तिथि फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो । आज मखन टोलसम्म मात्र छ।’

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्री पूजा गर्ने परम्परा छ।

कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत् दिने चलन छ । तलेजु भवानीमा मात्र नभई आज मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वडाध्यक्ष राजभण्डारीले भने, ‘अरु बेला पनि नित्य पूजा भइराख्छ । तर आज सर्वसाधारणका लागि विशेष गरी खोलिने चलन छ। आज महिसाषुरको वध गरेको दिन भनिन्छ, त्यसैले बली पनि दिने गरिएको हो।’ उक्त मन्दिर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म खोलिन्छ । दर्शनार्थीको भीड हेरेर मन्दिर खुल्ने समय बढाइने गरेको उनले बताए ।

  • Related Posts

    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका…

    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    काठमाडौँ । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले…

    पहिलो

    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 16 views
    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    • May 17, 2026
    • 18 views
    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    • May 17, 2026
    • 22 views
    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    • May 17, 2026
    • 19 views
    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

    • May 16, 2026
    • 40 views
    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

    आजको मौसम पूर्वानुमान ?

    • May 16, 2026
    • 27 views
    आजको मौसम पूर्वानुमान ?