भोलिदेखि रास्वपाको जिल्ला भेला

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो।

सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ। ‘भोलि सुर्खेतमा जिल्ला भेला हुँदैछ । त्यसपछि कहाँ कहिले गर्ने तालिका बनाउँदै छौँ,’ सह प्रवक्ता प्रतिभा रावलले भनिन्।

सचिवालयको बैठकमा मेची महाकाली यात्राका बारेमा पनि छलफल भएको रावलले जानकारी गराइएन । १ र २ असोजमा भएको राष्ट्रिय भेलाले पार्टी सभापति रवि लामिछानेले देशव्यापी यात्राको लागि राखेको प्रस्तावलाई पारित गरेको थियो । यात्राका लागि मिति भने तय भइसकेको छैन ।

‘जतिसक्दो छिटो यात्रा गर्ने तयारी गरेका छौँ । मिति भने तय भइसकेको छैन,’ रावलले भनिन् । जिल्ला भेलाले असोजभित्र तदर्थ समिति बनाउने निर्णय राष्ट्रिय भेलाले निर्णय लिएको थियो । तर, जिल्ला भेला सुरु हुन असोजमा सकेन।

एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ । रास्वपाले २०८२ को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यस अनुसारको कार्यतालिका कार्यवाहक महामन्त्री बुर्लाकोटीले राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए ।

बुर्लाकोटीको प्रस्तावलाई राष्ट्रिय भेलाले पारित गरेको थियो। वडा तदर्थ समिति गठन यही वर्षको माघभित्र सक्ने रास्वपाको लक्ष्य छ । वडा अधिवेशन फागुनसम्म सक्ने रास्वपाको तयारी छ।

पालिका अधिवेशन कात्तिकबाट सुरु गरेर पाँच महिनाभित्र (फागुनसम्म) सक्ने , जिल्ला अधिवेशन चैतभित्र गर्ने, प्रदेश र केन्द्रको महाधिवेशन २०८२ वैशाखमा गर्ने गरी रास्वपाले निर्णय लिएको छ ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 19 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 21 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 19 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का