भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा

काठमाडौँ। साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनको नाममा दुई गोल रह्यो। ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले सुरुवाती अग्रता लिएको थियो।

१५ औँ मिनेटमा पहिलो गोल गरेकी तोहुराले ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन्। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।

बंगलादेशले उपाधिका लागि अब नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतियोगिताको पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको भुटानले समूहगत चरणका बाँकी खेलमा श्रीलंकालाई ४-१ र मालदिभ्समाथि १३-० गोलको जित हात पारेको थियो।

यता बंगलादेशले पाकिस्तानसँग बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोलले हराएर समूह विजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो। नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल आइतबार साँझ ६ बजे दशरथ रंगशालामा हुँदै छ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 93 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 132 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 39 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा