म्याग्दीमा आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठ वटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक-एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई-दुई वटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् ।

बेनी नगरपालिका-३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । रघुगङ्गा गाउँपालिका-४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण-३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका-२ रुममा रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, मङ्गला गाउँपालिका-२ रणवाङमा रु एक करोड ३० लाख र धवलागिरि गाउँपालिका-४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ ।

अन्नपूर्ण गाउँपालिका-१ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका-१ रत्नेचौर, रघुगङ्गा-१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    दाङ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने ५० वर्षीय प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रेमले ती बालिकालाई जबरजस्ती करणी…

    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    हेटौंडा । हातेमालो बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ७ दिने कृष्टल, गहना तथा हेयर एसेसरी निर्माण सम्बन्धी सीपमूलक तालिम सुरु भएको छ। हेटौंडा–२, संगमचोकस्थित सहकारीको आफ्नै भवनमा सुरु भएको…

    पहिलो

    • June 2, 2026
    • 34 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 42 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 43 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 49 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 46 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 45 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन