निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

काठमाडौँ । सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन् ।

बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताए ।

उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगीहरू धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

उनले भने ‘आजको बैठकमा जुन सिमेन्ट उत्पादकहरूले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा दुवै पक्षबीच छलफल भएको छ । काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरूले प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौँको भाडा भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ हुँदाखेरि सिमेन्टको मूल्य पाँच सय ४० रुपैयाँमा फ्याक्ट्रिमा हुने भएको छ । अहिले यसको मूल्य ६ सय ८० रुपैयाँ रहेको छ । यसरी नै छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । हाम्रो सुझाव चाहिँ उहाँहरूलाई के छ भने सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँले अहिले फ्याक्ट्रिमा सात सय रुपैयाँ पुर्‍याउनु भएको छ । त्यसलाई समायोजन गर्नुपर्‍यो भनेर हामीले मन्त्रीको रोहबरमा छलफल गर्‍यौँ । आफ्ना आफ्ना समस्याहरू राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरूले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ ।’

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 34 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 42 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 43 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 49 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 46 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 45 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन