गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताउनुभएको हो । विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताउनुभयो । अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने बिसिसोले बताउनुभयो । “पेश गरेको दुई करोड ५० लाख क्षतिको स्थानीय बासिन्दाले पेश गरेको प्रतिवेदनमा आधारित विस्तृत अध्ययन पूरा भएको छ,” बिसिसोले भन्नुभयो । वेस्ट बैङ्क र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न एउटा कार्य दल स्थापना गरिएको छ । बिसिसोले भन्नुभयो, “प्रारम्भिक जानकारी अनुसार इजरायली आक्रमणका कारण लगभग चार लाख आवासीय एकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ एकाईहरूको निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ ।” आंशिक रुपमा क्षति भएका घरहरूको मर्मत सम्भार गर्न र घरहरू पूर्ण रुपमा ध्वस्त भएकाहरूलाई अस्थायी आवास उपलब्ध गराउन साझेदारहरूसँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ । उहाँका अनुसार आफन्तसँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन् । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार २० लाखभन्दा बढी जनसङ्ख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि करिब एक अर्ब २० करोड अमेरिकी डलर को लागत लाग्नेछ । गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्धविरामपछिको आफ्नो पहिलो मूल्याङ्कनमा गाजा पट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 102 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 15 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 135 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 40 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 41 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 38 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा