प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ फागुन । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) महानगरको आयोजनामा आजदेखि अन्तर विद्यालय प्रथम महिला क्रिकेट तथा १२ बर्षमुनीको पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित ज्ञानदा एकेडेमीमा शुरु भएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उदघाटन गरेका छन् ।

प्याब्सन महानगर कमिटि अध्यक्ष राहुल श्रीवास्वको अध्यक्षतामा भएको उदघाटन समारोहमा क्रिकेट संघ नेपाल (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन उज्जवल घिमिरेले गरेका थिए । स्वागत प्याब्सन महानगर कमिटि सदस्य मनिषा सिस्काले गरेका थिए ।

आजको उदघाटन खेलमा छात्रातर्फ ओम नेशनल एकेडेमी र जीवनज्योति मावि र छात्रतर्फ कालिकामाई एकेडेमी र लिटल एञ्जल्स स्कुलबीच हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन महानगर सचिव अमित आलोकले बताए । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन