वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिकको सहयोगमा निशुल्क आँखा शिबिरमा आँखा चेकजाच कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शिविर कार्यक्रममा १५० जनाले आँखा चेकजाच गराएका छन् सो मध्ये १६ जना पुरुष र २० जना महिला गरी जम्मा ३६ जना रहेको बिरगंज सामुदायिक आँखा अस्पतालका डाक्टर महेश सिंह धामीले जनाएका छन् । सो कार्यक्रममा महिला तथा पुरुषहरुले नेत्र परिक्षण गराएका हो ।

उक्त कार्यक्रम बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा भएका कार्यक्रममा उप प्रमुख आलमले आँखा मनुष्यको अभिन्न मध्ये एक हो यसलाई सुरक्षित र सफा राख्न प्रत्येक मानव जातिको दायित्व हो । बिरगंज महानगरपालिकाले आउने दिनहरुमा महानगरको प्रत्येक वडाहरुमा आँखा शिविर तथा स्वास्थ्य शिविर संचालन गर्ने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रममा निशुल्क आँखा शिबिर कार्यक्रम छ्पकैया वडा नं. २ स्थित छटघाट धर्मशालामा आँखा परीक्षण भएको थियो । उक्त निशुल्क आँखा परीक्षण कार्यक्रममा औंषधि आईड्रप, मलम र चस्मा समेत बितरण गरिएको थियो भने मोतियाबिन्द हुनेहरु लाई बिरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क अपरेसन गर्ने व्यवस्था समेत गर्ने अध्यक्ष ठकुराईले बताए ।

वडा अध्यक्ष रेयाज मियाका अनुसार उक्त निशुल्क आँखा शिबिरको उदेश्य भनेको टोलमा रहेका गरिब, निमुखा र पैसाको अभावले गर्दा अस्पताल पुग्न नसक्नेहरुलाई यसबाट सहज रुपले सेवा लिन सक्ने भएकोले कोहि पनि आँखाको उपचार बिना अन्धकार जिवन जीउन नपरोस भन्ने बताए । यस्ता कार्यक्रम हामी अगामी दिनहरुमा स्वास्थ्य सम्बन्धि शिविर ल्याउने प्रतिवद्धता वडा अध्यक्ष मियाले वडा बाँसीहरुसँग गरेका छन् ।

उक्त कार्यम्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा नं.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया, रा.स.स.का बिरगंज कार्यालय प्रमुख हिमाल लम्साल, वडा न.२ वडा सदस्य बसिर मिया हजाम, पिर महम्मद अन्सारी, महिला सदस्य संगीता थापा भुजेल, रम्भा देबि लगायतका उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 184 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 47 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 43 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु