भारतमा कोरोना संक्रमण बढेपछि वीरगंज नाकामा उच्च सतर्कता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १९ जेष्ठ । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर वीरगंज नाकामा देखिन थालेको छ। भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका रक्सौल–वीरगंजमा यात्रुहरू माथि स्वास्थ्य जाँच कडाइका साथ सुरु गरिएको छ ।

सोमबार महानगर प्रमुख राजेशमान सिंह आफैले वीरगंज नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षण गर्नु भएको छ । छिमेकी देशमा संक्रमितको संख्या हरेक दिन बढिरहेको अवस्थामा नेपाल भित्र संक्रमण फैलन नदिन विशेष सतर्कता अपनाउनु परेको महानगर प्रमुख सिंहले बताउनुभयो ।

वीरगंज नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउने गरि तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।

हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको कुनै कमी हुन नदिनेगरी व्यवस्था मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हाल रक्सौल बाट आउने प्रत्येक व्यक्तिको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको छ । हेल्थ डेस्कको सरसफाइ र आवश्यक मर्मतसम्भारसमेत सुरु गरिएको छ ।

भारतमा पुनः सक्रिय भइरहेको कोभिड संक्रमणका कारण नेपाल प्रवेशद्वारमा सतर्कता बढाउनुको विकल्प नरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले बताउनुभयो । अहिले नै सचेत भइ आवश्यक तयारी नगरे संक्रमण फेरि बढ्ने भएकाले आफुहरु तयारी अवस्थामा बसेको उहाँले बताउनुभयो ।

हेल्थ डेस्कमा अहिले ७ जना जनशक्ति खटेर स्क्रिनिङको काम गरिरहेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 184 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 47 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 43 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु