सत्य सेवा सुरक्षणमको खिल्ली उडाउँदै वरिष्ठ हवल्दार पटेलको सरुवा पुन: मकवानपुर मा-

कालो झोला संवाददाता/मकवानपुर ।

मकवानपुर, १५ असार । सत्य सेवा सुरक्षणमको खिल्ली उडाउँदै नेपाल प्रहरी प्रधान कार्यालय ले १२/१३ वर्ष देखि मकवानपुर जिल्लाको विभिन्न यूनिट हरु देखि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको मुद्दा शाखामा कार्यरत रही मोटो रकम उठाई आफ्नो उच्चपदस्थ अधिकारीहरु को मन जित्न सफल भएका वरिष्ठ प्रहरी हवल्दार जयश्वर प्रसाद पटेल पुनः फर्केर मकवानपुर जिल्लामा आउँदै छन् ।

हाल जिल्ला प्रहरी कार्यालय, दोलखा, चरिकोटको मुद्दा शाखामा कार्यरत रहेका प्रहरी हवल्दार जयश्वर प्रसाद पटेलको दरवन्दी ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुर रहे ता पनि निज हवलदार पहिलै देखि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको मुद्दा शाखामा करिब १२/१३ बर्ष देखि कार्यरत रहि निजको नाममा पटक-पटक बेनामी उजुरी परेको, निज पटक-पटक सेवा ग्राहीहरु सँग मोटो रकम असुली गरेको र तस्करहरु सँग समेत मिलोमतो गरेकोले निज प्रहरी हवलदार जयश्वर प्रसाद पटेललाई डि.आई.जी. कार्यालय, हेटौडा मकवानपुरले सजाय सवरुप दंगा नियन्त्रण कार्यालय, मकवानपुरमा पठाई केहि दिन राखी पुन: प्रहरी गण रातोमाटे, मकवानपुरमा पठाई केहि समय पछाडी निजलाई सजाय स्वरुप जिल्ला प्रहरी कार्यालय, दोलखा, चरिकोटमा पठाएकोमा हाल निज प्रहरी हवलदार जयश्वर प्रसाद पटेल बरिष्ट प्रहरी हवलदार भए पश्चात पुन: प्रहरी प्रधान कार्यालय मा मोटो रकम खुवाई आफनो दरवन्दी सशस्त्र प्रहरी सेना मुख, मकवानपुरमा बनाएको हो ।

नेपाल प्रहरी जस्तो पवित्र संग्ठनमा एउटा प्रहरी जवान पदमा जागरि खाएको प्रहरी वरिष्ट हवलदार जयश्वर प्रसाद पटेल प्रहरी जवान देखि हाल सम्म मकवानपुर जिल्ला प्रहरी कार्यालयमा तथा मातहतको प्रहरी कार्यालयमा समेत ४ चोटी सम्म लगातार आफनो दरबन्दी बनाई सर्वसधारण सेवाग्राहीहरुलाई दु:ख दिने जस्ता कार्यहरु गर्दै आई राखेकोले एकै ठाउँमा १२/१३ बर्ष सम्म कार्यरत रहन र पटक-पटक एकै ठाउँमा दरबन्दी बनाउन उपयुक्त नदेखिएको र एकै ठाउँमा पठाउन समेत उपयुक्त नदेखिएकोले प्रहरी संगठनको प्रमुखको ध्यानाकर्षण गराइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन