असार १५ आज,किसान को दिन, मलकै पिरलो

विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो ।

१५ असार, काठमाडौं । असार १५ राष्ट्रिय धान दिवस \

नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन ।

यो पनि पढ्नुहोस
असार दोस्रो सातासम्म १५ प्रतिशत धान रोपाइँ
कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

सरकारको गोदाममा कति छ मल रु

सरकारले आफ्ना गोदामहरूमा ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको जनाएको छ । १ साउन २०८१ देखि १२ असार २०८२ सम्मको सरकारी तथ्यांक अनुसार सरकारसँग ६० हजार ७ सय १२ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार मौज्दात मलमध्ये युरिया २६ हजार ४ सय १२ टन छ । यस्तै २५ हजार ६ सय ८७ टन डीएपी र पोटास ८६ हजार १२ टन छ ।

चालु आर्थिक वर्ष २०८१र८२ मा रासायनिक मलका लागि सरकारले २७ अर्ब ९७ करोड बजेट छुट्याएको थियो । जसबाट ५ लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्य अनुसार मन्त्रालयले साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रमार्फत मलको टेन्डर गरिसकेको छ ।

चालु आव असारसम्म ३ लाख ६३ हजार २ सय ३६ टन मल आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरिरहेको ३४ हजार टन युरिया कोलकाताबाट नेपाल प्रवेश गरिसकेको छ । उक्त परिमाणको मल दुवै कम्पनीको गोदाममा आइपुग्न बाँकी छ ।

मन्त्रालयका अनुसार कृषि सामग्रीले आयात गरेको ३० हजार टन युरिया कोलकाता आइसके पनि नेपाल आइपुग्न बाँकी छ ।

यस्तै साल्ट ट्रेडिङले आयात गरेको २२ हजार टन युरिया कोलकाता आउने क्रममा रहेको छ भने कृषि सामग्रीले ल्याउन लागेको ३० हजार टन डीएपी सिपमेन्ट भइसकेको र २५ असारमा कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ ।

सरकारले मलको परिमाण सार्वजनिक गरे पनि किसानले धान रोपाइँ गर्ने बेलासम्म मल पाउन सकेका छैनन् ।

यस्तो समस्या वर्षौंदेखिको हो । रासायनिक मल समस्या समाधान गर्न विभिन्न घोषणा गरे पनि कार्यान्वयनमा भने अहिलेसम्म आउन सकेको छैन ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन