दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ ।
उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग गरि करिब सयौं को संख्या मा महिला तथा पुरुष ले नेपाली कांग्रेस पार्टी मा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस का केन्द्रिय सदस्य अनिल रुङ्गटा को प्रमुख आतिथ्यमा कार्यक्रम को आयोजना गरिएको थियो ।मन्तव्य को क्रम मा भने यस्तो पनि जटिल समय मा मन्त्रीहरु ले भासन र आफुके दिएको डिप बोरिङ को अगाडी फोटो खिचाई रहेका छन ।
चुनावीताका गरिएको वाचा पुरा गरेका छैनन् । यस्तो बिकराल प्रस्तिथी उत्पन हुनु भन्दा अगाडि नै समस्या को समाधन गर्नु पर्ने हो । यो डिप बोरिङ पुस माघ को महिना मा गाडनु पर्ने हो अनिल रुङ्गटा ले भनु भयो । साथै बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम लाई तुरन्त समस्या को समाधान गर्न निर्देश दिनु भयो ।
त्यसै गरि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले पानी को समस्या छिटो समधान गर्ने भनु भयो । आउने दिन मा पानी को समस्या न होस भनी महानगरपालिका ले सम्बन्धित निकाय का कर्मचारीहरु लाई बोलाइ समस्या समधान गर्न छलफल भइ रहेको बताउनु भयो ।

उक्त कार्यक्रम को प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रिय सदस्य अनिल रुङ्गटा रहनु भएको थियो भने विशिष्ट अथितीमा नेपाली कांग्रेस पर्सा का कार्यवाहक सभापति राम नारायण कुर्मी, नेपाली कांग्रेस का जिल्ला सचिव तथा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम उपस्थिति रहेको थियो ।
त्यसै गरि अतिथिहरु मा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति महमद सहाबुदिन, नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह, नेपाली कांग्रेस का नगर उप- सभापति एवम बिरगंज महानगर पालिका वार्ड नं. २८ का वडा अध्यक्ष सर्जुग महतो, नेपाली कांग्रेस मुस्लिम संघ का सभापति हबिब मिया, महिला सभापति किरण शर्मा, जतन कुर्मी लगायत का महिला तथा पुरुषहरु को उपस्तिथि रहेको थियो ।
भने कार्यक्रम को सभापतित्व वडा नं.२१ का बुथ सभापति रामनारायण साह को सभापतित्वमा सम्पन भएको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले बताएका छन् ।








