नेशनल मेडिकल कलेज र जगरनाथपुर गाउँपालिका बीच स्वास्थ्य सेवा मा सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २२ साउन । पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. बीच बुधबार एक विशेष सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन् । यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ ।

सम्झौता पत्रमा जगरनाथपुर गाउँपालिका को तर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालकाे तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् ।

सम्पन्न सम्झौता अनुसार मेडिकल कलेजले गाउँपालिका बासीहरुलाई OPD टिकटमा २५%, सामान्य बेड चार्जमा १५%, ICU/NICU/PICU बेड चार्जमा १६%, सर्जरी (मेजर/माइनर) मा ८%, प्याथोलोजी परीक्षणमा १०%, भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, Endoscopy मा ७%, CT Scan/MRI मा ७%, फार्मेसी (OPD) मा १०% छुट, फार्मेसी (IPD) मा १५%, दन्त (Dental) सेवामा ७% छुट प्रदान गर्ने छ ।

गाउँपालिकाका अध्यक्ष यादवले भने “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ ।”यस प्रकारको सहकार्यले गाउँस्तरमै नागरिकहरूको जीवनस्तर सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन