नेशनल मेडिकल कलेज द्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ श्रावण । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा शुक्रबार एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. संतोश झा द्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यसै गरी सेवा लिने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो । कुल २ सय ६३ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए ।कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फ बाट अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी, म्याट्रोन बिकास कुमार र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी को पनि उपस्थिति रहेको थियो ।

त्यस्तै गाउँपालिकाको तर्फ बाट नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसुती केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रमको विशेष क्षणमा नगर प्रमुख अशोक कुमार जयसवालले नेशनल मेडिकल कलेजकी निर्देशक डा. इसरात जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गर्नुभएको थियो ।

यस प्रकारको संयुक्त प्रयासले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न ठूलो टेवा पुगेको आयोजक पक्षले जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन