नेपाली लेखकको अङ्ग्रेजी उपन्यास ‘द स्नेल पिकर’ प्रकाशित

काठमाडौँ । लेखक राजु अधिकारीको तेश्रो अङ्ग्रेजी उपन्यास प्रकाशित भएको छ ।

यथार्थ परक आख्यानको रूपमा आएको यो उपन्यासमा लेखकले बहुराष्ट्रिय कम्पनीहरूमा हुने आन्तरिक राजनीति र खिचातानीको साथसाथै एउटा सामान्य कर्मचारीले कसरी आफ्नो तर्फबाट कम्पनी र समाज परिवर्तनमा कसरी योगदान दिन सक्छ भन्ने कुरा दर्शाउन खोजेका छन्। यस अगाडिका दुवै अङ्ग्रेजी उपन्यास स्वैरकल्पनामा आधारित भए पनि यो पटकको उपन्यास यथार्थ परक आख्यान रहेको लेखकले जनाएका छन्।

चीनको व्यापारिक केन्द्र साङ्हाइको सेरोफेरोमा घुम्ने यो उपन्यासले विगतका दशकहरूमा चीनको भौतिक र आर्थिक विकासमा देखिएको अकल्पनीय परिवर्तन र त्यसले चिनियाँहरूको सोच, जीवनशैली,  र संस्कृतिमा पारेको असरको बारेमा चित्रण गरिएको छ। आधुनिकताको भूमरीमा फसेको मानिस कसरी आफ्नो वास्तविक लक्ष्यबाट विमुख भएर भीडको पछाडि भाग्दै गर्दा आफ्नो जिन्दगीको उत्तरार्धमा पुगेर मात्र आफू गलत पथमा यात्रारत् रहेको थाहा पाउँछ अनि बाँकी जिन्दगी आफ्नो लक्ष्य हासिल गर्नको लागि भीडको पछाडि दौडन छोडेर आफ्नो मार्ग आफैँ निर्धारण गर्छ भन्ने दर्शाउन खोजिएको छ। 

त्यस्तै चीनको तिव्र विकाससँगै विदेशीहरूले चीन र चिनियाँ जनतालाई हेर्ने नजरमा कसरी परिवर्तन भैरहेको छ भन्ने कुरा उपन्यासको प्रमुख पात्रको अनुभवको रूपमा  प्रस्तुत गरिएको छ। थुप्रै सोलुसन्सबाट प्रकाशित उपन्यास थुप्रै डट कम बाट इबुकमा र अमेजन डट कमबाट संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ।

  • Related Posts

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा विश्व सम्मेलनको चौथो सत्र ‘राइटस् अफ नेपाली डायस्पोरा एण्ड…

    काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 36 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 34 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 23 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 58 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 29 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो