बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको निधन

काठमाडौँ । बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ ।

हिन्दी सिनेमाहरुमा सहायक भूमिकाका लागि प्रसिद्ध पोतदारको गएराती मुम्बईस्थित जुपिटर अस्पतालमा उपचारको क्रममा निधन भएको जिन्यूजले उल्लेख गरेको छ ।

अच्युत पोतदारले मध्य प्रदेशको रेवामा प्रोफेसरको रूपमा काम गरेका थिए । त्यसपछि उनी सेनामा भर्ना भए । १९६७ मा क्याप्टेन पदबाट अवकाश लिए । पछि उनले इन्डियन आयल कम्पनीमा काम गरे । यहाँ काम गर्दा गर्दै उनी रंगमञ्चमा सामेल भए र रंगमञ्च नाटकमा अभिनय गर्न थाले । त्यसपछि उनी ४४ वर्षको उमेरमा फिल्मको दुनियाँमा प्रवेश गरे ।

उनी ‘३ इडियट्स’ फिल्ममा प्राध्यापकको भूमिका निर्वाह गरेर प्रसिद्ध भए । फिल्ममा उनको एउटा प्रसिद्ध संवाद ‘कहना क्या चाहते हो ? निकै लोकप्रिय भयो, यो संवाद मीम्सको दुनियाँमा लाखौं पटक प्रयोग भएको छ ।

अच्युत पोतदारले ‘३ इडियट्स’ बाहेक ‘दबंग २’, ‘फेरारी की सवारी’ र अमिताभ बच्चनको ‘भूतनाथ’ मा पनि देखा परे । उनले टिभी सिरियल ‘अमिता का अमित’ मा पनि अभिनय गरेका थिए ।

  • Related Posts

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    • June 2, 2026
    • 37 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन